काठमाडौं । यस वर्षको मिस नेपालको ताज आश्माकुमारी केसीले जित्नु भएको छ । मिस नेपालको ३० औँ संस्करणमा २५ जना सुन्दरीलाई पछि पार्दै आश्माले 'मिस नेपाल वर्ल्ड'को उपाधि जित्न सफल हुनुभएको हो ।
यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जित्नुभएको छ भने मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस इन्टेलेक्चुअलको उपाधि दीक्षा अवस्थीले जित्नुभएको छ ।
मिस नेपाल-२०२४ को उपाधिका लागि सौन्दर्य प्रतियोगितामा २६ सुन्दरीहरूको सहभागिता थियो ।