२०८० सालको छिन्नलता गीत पुरस्कारबाट चार जना सम्मानित

श्रावण २, २०८१ |कान्तिपुर टीभी संवाददाता
२०८० सालको छिन्नलता गीत पुरस्कारबाट चार जना सम्मानित

काठमाडौं । गीत, संगीत र गायन विधाका चार व्यक्तित्वलाई २०८० सालको छिन्नलता गीत पुरस्कारबाट सम्मानित गरिएको छ ।

वरिष्ठ गीतकार रमोलादेवी शाह छिन्नलताको १०२औं जन्म जयन्तीका अवसरमा बुधबार काठमाडौंमा गरिएको कार्यक्रममा गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भूपू पाण्डेलाई पुरस्कार प्रदान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टाहरूलाई सम्मानित गर्नु भएको हो । आजै २०७९ को छिन्नलता गीत पुरस्कार विजेता गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरिएको थियो । गीत, सङ्गीत र गायन पुरस्कारको राशि जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजारको छ । 

गुठीले २०३९ सालदेखि हरेक वर्ष नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.