वेब-सिरिज ‘घर बट इन अमेरिका’बाट अरुणिमा लम्साल र विमलेश अधिकारीको कमब्याक

असार २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेब-सिरिज ‘घर बट इन अमेरिका’बाट अरुणिमा लम्साल र विमलेश अधिकारीको कमब्याक

काठमाडौं । कुनै समय चर्चाको शिखरमा रहेकी फिल्म अभिनेत्री अरुणिमा लम्सालको वेब-सिरिज ‘घर बट इन अमेरिका’ बाट अभिनयमा पुनरागमन भएको छ । उहाँले केही दिनअघि अमेरिकामा ‘घर बट इन अमेरिका’ फिल्ममा अभिनय गर्नुभएको हो ।

वेब–सिरिजलाई अभिनेता समेत रहनुभएको विमलेश अधिकारीले निर्देशन गर्नुभएको छ । अरुणिमाले १० वर्षपछि कमब्याक गर्नु भएको हो । उहाँले पछिल्लोपटक ‘पिपल’ मा अभिनय गर्नुभएको थियो ।

निर्देशक समेत रहनुभएका अधिकारीले पनि यो वेब-सिरिजमा अभिनय गर्नुभएको छ । सन् २०१५ देखि अमेरिकामा बस्दै आउनुभएका उहाँले फिल्म ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गर्नुभएको थियो । उहाँले पछिल्लो पटक सन् २०१६ मा ‘जंगबहादुरको कोट’ फिल्ममा अभिनय गर्नुभएको हो ।

सिचुएसनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने निर्देशक अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement