कमेडी च्याम्पियन्स सिजन थ्रीको उपाधि सुनील खड्कालाई

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कमेडी च्याम्पियन्स सिजन थ्रीको उपाधि सुनील खड्कालाई

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कमेडी च्याम्पियन्स सिजन थ्रीको उपाधि काठमाडौंका सुनील खड्काले जित्नु भएको छ ।

काठमाडौंको मूलपानीस्थित स्टुडियोमा आज साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित हुनु भएको हो । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार प्राप्त गर्नु भएको छ ।

यस्तै फस्ट रनर अप सुनसरीका रिसब काफ्ले तथा सेकेन्ड रनर अप नवलपरासीकी सुयशा खनाल हुनु भएको छ । फस्ट रनर अप घोषित हुनु भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गर्नु भएको छ भने सेकेन्ड रनर अप खनालले स्कुटर र नगद पुरस्कार प्राप्त गर्नु भएको छ । 

चार महिनासम्म चलेको कमेडी च्याम्पियन्सको सिजन थ्रीमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक हुनुहुन्थ्यो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement