नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीको गितार उपहार

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीको गितार उपहार

काठमाडौं । नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले गितार उपहार दिनु भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाइ दिँदै गितार उपहार दिनु भएको हो ।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास-खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल आइडल विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्न हौसला दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement