नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

काठमाडौं । नेपाल आइडल सिजन ५ को विजेता करण परियार बन्नुभएको छ । शनिबार भएको फाइनलमा सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियारले उपाधि जित्नुभएको हो ।

विजेता परियारले परियाले २५ लाख र ट्रफी पाउनुभएको छ । यस्तै फर्स्ट रनरअप सलोनी गुरुङले १० लाख नगद र सेकेन्ड रनरअप सचिन विश्वकर्माले ५ लाख नगदसहित ट्रफी पाउनुभएको छ ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.