‘सतीदेवी’को टिजर सार्वजनिक

जेष्ठ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘सतीदेवी’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सतीदेवी’ को टिजर सार्वजनिक भएको छ ।

साढे २ मिनेटको टिजरमा छोरीहरु मात्रै जन्मिँदा समाजले हेर्ने दृष्टिकोण, अभिभावकले गर्ने भेदभाव तथा छोरीहरुले आफ्नो परिवारका लागि उठाउने जोखिमको विषयलाई प्रस्तुत गरिएको छ । निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको शीर्ष भूमिकामा मलिका महत छिन् । उनको साथमा फिल्ममा दुई बालकलाकार हर्षिका वली र मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, सिर्जना अधिकारी, रमेश बुढाथोकी, भोलाराज सापकोटा, सन्दीपबाबु लोहनी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा लगायतको अभिनय छ ।

निर्देशक सुवेदी टिजरबाट पाइरहेको दर्शकको प्रतिक्रियाबाट आफू उत्साही भएको बताउनुहुन्छ । ‘जति पनि दर्शक, चलचित्रकर्मी, सञ्चारकर्मी, आफन्तले टिजर हेर्नुभएको छ, अत्यन्तै सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘फिल्म अत्यन्तै मार्मिक विषयमा निर्माण गरेका छौं । टिजरमा समावेश संवाद, दृश्यहरु प्रतिनिधि हुन् ।’

दिलासा क्रियसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँग सहकार्य गरेको चलचित्रको निर्मातामा श्रीदेवी, विशाल, दिलासा र सारा सुवेदी हुनुहुन्छ । साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको वितरण एफडी र रिच इन्टरटेन्मेन्ट गर्दै छ । चलचित्र सतिदेवीले विभिन्न महोत्सवमा उत्कृष्ट फिल्म, निर्देशक, स्क्रिप्ट अनि अभिनेत्रीको अवार्ड जितिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement