‘गाउँ आएको बाटो’ हेरेर बार्बाडोसका दर्शक रोए (निर्देशक नवीन सुब्बासँगको कुराकानी)

जेष्ठ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘गाउँ आएको बाटो’ हेरेर बार्बाडोसका दर्शक रोए (निर्देशक नवीन सुब्बासँगको कुराकानी)

सामाजिक कथामा आधारित चलचित्र ‘गाउँ आएको बाटो’ हिजो (शुक्रबार) देखि देशभर प्रदर्शनमा आएको छ । चलचित्रको प्रिमियर शो हेरेका चलचित्रकर्मी, राजनीतिककर्मी तथा सामाजिक क्षेत्रका अगुवाहरुले चलचित्रमा वर्तमान समाजको यथार्थ चित्रण गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरेका छन् ।

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ राई समुदायमा आधारित छ । ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावलाई चित्रण गरिएको छ ।

चलचित्रको कथा महेश राईले लेख्नुभएको हो भने आमोद राईको लगानी छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रशन राईको मुख्य भूमिका छ ।

अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत प्रदर्शन भइसकेको यो चलचित्र क्यानडाको टोरोन्टो फिल्म फेस्टिभल, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बईलगायत विभिन्न देशका डेढ दर्जन महोत्सवमा छनोट भएको दाबी निर्माण टिमले गरेको छ ।

चलचित्र ‘गुडबाई काठमाडौं’ बनाएपछि नवीन सुब्बा फिल्म क्षेत्रबाट गायब जस्तै हुनुहुन्थ्यो । तर उहाँ शुक्रबारबाट प्रदर्शनमा आएको ‘गाउँ आएको बाटो’ चलचित्रसँगै पुन: निर्देशनमा फर्किनुभएको छ । प्रस्तुत छ चलचित्र निर्देशक नवीन सुब्बासँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement