फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियर शो सम्पन्न

जेष्ठ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियर शो सम्पन्न

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने ‘फिल्म गाउँ आएको बाटो’को बुधबार प्रिमियर शो गरिएको छ । काठमाडौं बिजी मलमा गरिएको शोमा फिल्मकर्मी, राजनीतिकर्मी र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको सहभागिता थियो । 

महेश राईको कथामा नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’मा कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य भूमिका छ । किरात राई समुदायको बस्तीमा उनीहरूको सामाजिक, सांस्कृतिक सम्बन्ध भावनामा आयातित विषयहरूले पारेको प्रभावलाई फिल्ममा देखाइएको छ । 

परम्परागत ज्ञान, सिप र क्षमताहरूलाई सडक आएसँगै कसरी क्रमिक रूपमा अतिक्रमण भइरहेको छ भन्ने विषय फिल्मको मुख्य केन्द्र हो । 

फिल्मको अधिकांश छायाङ्कन पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी क्षेत्रमा गरिएको छ । 

तस्बिर : श्याम श्रेष्ठ/कान्तिपुर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement