किम्फको २१ औं संस्करण आजदेखि सुरू

जेष्ठ १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
किम्फको २१ औं संस्करण आजदेखि सुरू

काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को २१ औं संस्करण आजदेखि सुरू भएको छ । राष्ट्रिय सभागृहमा इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरसँगै किम्फ सुरू भएको हो ।

अधिकांश दृश्य नेपालमा छायांकन भएको यो फिल्ममा नेपाली कलाकारहरू लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको अभिनय छ । १ घण्टा ३४ मिनेटको यो फिल्ममा एक किशोर र बाघको बच्चाबीचको आत्मीय सम्बन्धको कथा छ । भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका किशोरले सिकारीबाट उद्दार गरेको बाघको बच्चालाई बचाउन गरेको संघर्षको कथा फिल्ममा छ ।

किम्फ फिल्म फेस्टिभलको यो संस्करणमा २२ वटा देशको ६० वटा फिल्म प्रदशन हुनेछन् । जसमा ३० वटा फिल्म नेपाली चलचित्रकर्मीले बनाएका छन् ।

किम्फ फिल्म फेस्टिभल जेठ २० गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सञ्चचालन हुनेछन् । अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १५ सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.