रियालिटी शो नेपहप श्रीपेच-२ आउने

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
रियालिटी शो नेपहप श्रीपेच-२ आउने

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपहप श्रीपेच-२ आउने भएको छ । आयोजक दामी मिडियाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको नेपहप श्रीपेच ल्याउने जानकारी दिएको हो ।

शो का लागि डिजिटल र भौतिक रूपमा उपस्थित भएर दुवै तरिकाले अडिसन दिन पाइनेछ । सहभागी हुन दामी म्युजिक एप वा नेपाली र्‍याप डट कममा प्रतियोगीले भिडियो क्लिप अपडेट गर्नु पर्नेछ । शो मा सहभागिताका लागि नेपहपको आधिकारिक फेसबुक पेजमा पनि सम्पर्क गर्न सकिनेछ । 

त्यसपछि जज राउन्डबाट छानिएका प्रतियोगी अर्को चरणमा पुग्नेछन् । ३२ चरणको शो को डिजाइन सुदीप पोखरेलले गर्नु भएको हो । शो को निर्णायकमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ रहेको निर्देशक निकेश खड्काले जानकारी दिनुभयो । दुई वर्षअघि नेपहपको श्रीपेच प्रसारण भएको थियो । 

विजेताले १० लाख रुपैयाँ र विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् । शोको प्रसारण कान्तिपुर टेलिभिजनबाट हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement