साम्बाला हेर्न अनुराग र नवाजुद्दिन नेपाल आउँदै

भाद्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
साम्बाला हेर्न अनुराग र नवाजुद्दिन नेपाल आउँदै

काठमाडौं । चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र कलाकार नवाजुद्दिन सिद्दकी नेपाल आउनुहुने भएको छ ।

मीनबहादुर भामद्वारा निर्देशित फिल्मको नेपाल प्रिमियरका लागि उहाँहरू दुवै जना भदौ २२ मा आइपुग्ने ‘साम्बाला’का एसोसियट निर्माता मिन्सो लिम्बूले जानकारी दिनुभयो ।

यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि हालै 'बोक्कालिनो डिओर' अवार्ड पाउनु भएको थियो ।

साम्बाला नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement