मण्डला थिएटरमा आजदेखि नाटक 'मेखीदण्ड'को मञ्चन सुरु

श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मण्डला थिएटरमा आजदेखि नाटक 'मेखीदण्ड'को मञ्चन सुरु

काठमाडौं । मण्डला थिएटरमा सामाजिक कथामा आधारित नयाँ नाटक 'मेखीदण्ड'को मञ्चन सुरु भएको छ । आजदेखि प्रदर्शन सुरु भएको मेखीदण्ड हिमाली जिल्लाका आदिवासी समुदायको कथा हो ।

स्थानीय भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेदलाई नाटकमा उतारिएको छ । नाटक मेखीदण्ड मण्डलामा सोमबार बाहेक आजदेखि २७ गतेसम्म दैनिक साँझ प्रदर्शन हुनेछ ।

मण्डलाले सन् २०२४ भित्र १४ नाटक मञ्चन गर्ने योजना बनाएअनुसार दोस्रो नाटकको रुपमा मेखीदण्ड प्रदर्शन भएको हो । यसअघि प्रवीण खतिवडा निर्देशित 'अन्धवेग' मञ्चन गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement