काठमाडौं । बाल मनोविज्ञनको विषयमा आधारित फिल्म ‘सारंग’ को शुभमुहूर्तसँगै सुटिङ सुरु भएको छ । केही दिनअघि घोषणा गरिएको फिल्मको पूरा सुटिङ काठमाडौं हुने निर्माण पक्षले जनाएको छ ।
प्रशान्त तामाङको निर्देशनमा ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्मको सुटिङ सेड्युल करिब एक महिनाको छ ।
कोरियोग्राफरका रुपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्म बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको विषयमा प्रस्तुत गरिँदै छ ।
दर्शन बुद्ध फिल्मस्को ब्यानर र निर्माणमा रहेको फिल्ममा ऋचाका साथमा उत्पल झा, समीरमणि दीक्षित, सुरज तमू, मणि के. राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमनसागर जंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको अभिनय देख्न पाइनेछ ।