चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

चैत्र २५, २०८० |कान्तिपुर टीभी संवाददाता
चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

काठमाडौं । आउँदो वैशाख १४ गतेदेखि रिलिज हुने फिल्म ‘बोक्सीको घर’को ट्रेलर आज सार्वजनिक गरिएको छ ।

काठमाडौंको सिभिल मलको 'क्यूएफएक्स' सिनेमा हलबाट चलिचित्रको ट्रेलर सार्वजिनक गरिएको हो ।

सुलक्षण भारतीले निर्देशन गरेको फिल्म ‘बोक्सीको घर’मा महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको कथालाई मुख्य विषय बनाइएको छ ।

फिल्मका निर्माता बद्री अधिकारी भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।

केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतले यस फिल्ममा अभिनय गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement