मिस नेपालका लागि आवेदन खुल्यो

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
मिस नेपालका लागि आवेदन खुल्यो

काठमाडौं । प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिता आयोजना गर्दै आएको द हिडन ट्रेजरले यस वर्षको प्रतियोगिताको आवेदन खुला गरेको छ ।

द हिडन ट्रेजरले आज ललितपुरमा पत्रकार सम्मेलन गरी मिस नेपाल प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली युवतीहरुले जेठ १ गतेसम्म आवेदन दिनसक्न जानकारी दिएको हो । अन्तिम अडिसन मे १८ मा हुनेछ ।

यस वर्षको मिस नेपाल प्रतियोगिताका सहभागी हुन चाहनेको न्यूनतम् उचाइ ५ फिट ३ इन्च हुनुपर्नेछ । १८ देखि २७ वर्षका अविवाहित युवतीले नेपाली नागरिकतासहित वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिएकाहरुको अडिसन बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंमा हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक डाबर वाटिका र सह-प्रयोजकका रुपमा गाल्डार्मा सेटाफिल र वात्सल्य आईभीएफ छन् ।

प्रतियोगिताको ग्रान्ड फिनाले साउन १९ गते गोदावरीको सनराइज हलमा हुनेछ । यस वर्षको प्रतियोगितामा तीनवटा मुख्य विधा रहनेछन् । जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल रहने आयोजकले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement