‘चलचित्र बोर्डले आदिवासी चलचित्रकर्मीलाई उपेक्षा गर्‍यो’

चैत्र ९, २०८० |कान्तिपुर टीभी संवाददाता
‘चलचित्र बोर्डले आदिवासी चलचित्रकर्मीलाई उपेक्षा गर्‍यो’

काठमाडौं । नेपाल चलचित्र बोर्डले आदिवासी चलचित्रकर्मीलाई उपेक्षा गरेको बताइएको छ ।

आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्द्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी आदिवासी जनजाति चलचित्रकर्मी तथा संघ-संस्थाका पदाधिकारीले यस्तो आरोप लगाएका हुन् । २०४४ सालदेखि जनजाति मातृभाषामा चलचित्र निर्माण सुरु भएको इतिहास भए पनि नेपाल चलचित्र बोर्डले आदिवासी चलचित्र कर्मीलाई राष्ट्रिय चलचित्रकर्मीको हैसियतमा नसमेटर उपेक्षा गरेको गुनासो गरेका हुन् ।

कार्यक्रमका सहभागीले च्यारिटी शोबाटै भए पनि जनजातिका कला, संस्कृति, वेशभूषा प्रवर्द्धनमा आफूहरुले योगदान पुर्याउँदै आएको बताए । मातृभाषा चलचित्रकर्मी सबै एकजुट भए मात्रै चलचित्र व्यवसायीकरणमा सहज हुने कार्यक्रमका सहभागीको जोड थियो ।

सहभागीका अनुसार जनजाति मातृभाषामा ३६ वर्षयता ठूला-साना गरी करिब सात सय वटाभन्दा बढी चलचित्र बनेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement