खल्लो बन्यो चलचित्र महोत्सवमा ओली र हमालबीचको संवाद

चैत्र २, २०८० |कान्तिपुर टीभी संवाददाता
खल्लो बन्यो चलचित्र महोत्सवमा ओली र हमालबीचको संवाद

काठमाडौं । काठमाडौंमा जारी सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन आज नायक राजेश हमाल र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच संवाद कार्यक्रम दर्शक-स्रोताको चाहनाविपरीत बन्न पुग्यो ।

संवाद कार्यक्रममा प्रश्नकर्ता थिए- हमाल । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र उद्योगका जानकार हमालले नै भटाभट चलचित्र क्षेत्रभन्दा बाहिरका प्रश्न गर्न थालेपछि कार्यक्रम निकै खल्लो बन्न पुगेको हो ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा हमालले सुरुमै कलालाई कसरी लिनुभएको छ ? भन्दै ओलीलाई प्रश्न गरे । जवाफमा ओलीले जीवन दर्शनको पाठ पढाउँदै कलालाई मानव सभ्यतासँग जोड्दै पट्यारलाग्दो भाषण गरे । पहिलो प्रश्नबाटै कार्यक्रम लिकभन्दा बाहिर गएको थियो । अन्तिमसम्म पनि हमालले कार्यक्रमलाई लयमा फर्काएनन्, आयोजकले हमाललाई कार्यक्रमलाई लयमा फर्काउन पत्र नै दिनुपरेको थियो । ओलीले प्रस्तुत गरेका केही तथ्यलाई हमालले नस्वीकार्दा कार्यक्रममा नोकझोक नै परेको थियो ।

महोत्सवमा नेपाल, भारत, कोरिया, चीनसहित देशका प्रतिनिधि सहभागी छन् । चलचित्रसम्बन्धी महत्त्वपूर्ण कार्यक्रममा नेपालको चलचित्र उद्योगलाई विश्वमा कसरी प्रतिस्पर्धी बनाउनेदेखि चुनौती र अवसरबारे बहस गर्नुपर्नेमा अन्यत्र मोडिएपछि दर्शकले खल्लो महसुस गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement