मन्त्रीबाट बिदा भएलगत्तै म्युजिक भिडियो लिएर आए सुदन किराँती

फाल्गुन २६, २०८० |कान्तिपुर टीभी संवाददाता
मन्त्रीबाट बिदा भएलगत्तै म्युजिक भिडियो लिएर आए सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शनिवार काठमाडौंमा भएकाे एक कार्यक्रमबीच उनको ‘पलपल बगिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने गायक कनकाइस्ट राई हुन् ।

कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए । जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको उनको भनाइ छ । ‘म्युजिक भिडियो सार्वजनिक गरेका छौँ,’ सांसद किराँतीले भने, ‘मेरो जन्मदिन फागुन १८ गते सार्वजनिक गर्ने इच्छा थियो । तर, पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले भ्याइन ।’

मन्त्री भएर बिदा भएको हप्ता दिन नबित्दै उनको म्युजिक भिडियो सार्वजनिक भएको हाे । अघिल्लो गठबन्धनको सरकारमा किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ चार दलीय गठबन्धनको सरकार गठन गरेपछि उनी मन्त्री पदबाट बिदा भएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement