काठमाडौं । गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मिहिनेत गर्न सिकाएको बताएकी छन् ।
आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमबार गृहजिल्ला झापा पुगेकी पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मिहिनेत गर्ने प्रेरणा मिलेको जनाइन् ।
भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्ना लागि ठूलो सफलता भएको उनको भनाइ छ । उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै खुसी मिलेको पनि बताइन् । उनले यस्तो सफलता आफूले विरलै पाउने पनि बताइन् । बलिउडमा धेरै गीत गाउन आफूलाई अफर आइरहेको पनि उनले जनाइन् ।
गायिका पौडेललाई सोमबार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । उनले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिस्पर्धा गरेकी थिइन् ।