काठमाडौं । बलिउड अभिनेत्री पुनम पाण्डेको निधन भएको छ ।
उनको इन्स्टाग्राम खातामा मृत्युको पुष्टि गर्दै एक पोस्ट सेयर गरिएको थियो । अभिनेत्री पुन पाठेघरको मुखको क्यान्सरसँग जुध्दै थिइन् ।
साथै उनका प्रबन्धकले पनि मृत्युको खबर पुष्टि गर्दै हिजो (बिहीबार) राति पुनमको निधन भएको जनाएका छन् । पुनमको निधनले बलिउड चलचित्र क्षेत्रमा शोक छाएको छ ।
अभिनेत्री पुनम अब यो संसारमा नरहेको भन्ने कुरा चलचित्र क्षेत्रका कलाकार तथा उनका समर्थक (फ्यान) लाई पत्याउन गाह्रो भइरहेको छ ।
साथै पुनमकी मिडिया म्यानेजर पारुल चावलाले पनि उनको निधनको खबर पुष्टि गरेकी छन् ।
मृत्युको खबर उनकै इन्टाग्राबाट
उनको मृत्युको खबर पहिलोपटक उनकै आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा पोस्ट गरिएको खुलासा भएको भारतीय सञ्चारमाध्यम अमर उजालाले लेखेको छ ।
पोस्टमा लेखिएको छ, ‘आजको बिहान हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पुनमलाई गुमाउनु परेको जानकारी गराउँदा अत्यन्तै दु:ख लागेको छ । उनको सम्पर्कमा आएका प्रत्येक जीवित रूपले शुद्ध प्रेम र दया प्राप्त गर्यो । हामी शोकको यस समयमा गोपनीयता अनुरोध गर्नेछौं, जबकि हामीले पोस्ट गरेको सबै कुराका लागि हामी उनलाई मायापूर्वक सम्झन्छौं ।’