गायिका देविका वन्दनालाई रेडियो कान्तिपुरको सम्मान

जेष्ठ ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
गायिका देविका वन्दनालाई रेडियो कान्तिपुरको सम्मान

काठमाडौं । एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी वरिष्ठ गायिका देविका वन्दनालाई रेडियो कान्तिपुरले शनिबार ‘सलाम ज्युँदो इतिहास’लाई कार्यक्रममा सम्मान गरेको छ । झन्डै ४ दशकयता नेपाली संगीतको उन्नयनमा सक्रियतापूर्वक लागेकोमा उहाँलाई सम्मान गरिएको हो ।

कुनै समय नेपाली पार्श्व गायनमा एकछत्र राज गर्नुभएकी उहाँले १ सयभन्दा बढी चलचित्रमा गीत गाउनुभएको छ । नेपालीबाहेक नेवारी, मैथली, भोजपुरी, मराठी र हिन्दी भाषामा पनि उहाँले स्वर दिनुभएको छ ।

रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले प्राणघातक क्यान्सर लाग्दा समेत संगीत कर्म नछोड्ने गायिका देविका वन्दनाको साहसका बारेमा चर्चा गर्दै उहाँलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा चर्चित कलाकारहरू रूपक डोटेल, प्राश्ना शाक्य, निशा देशार, सरिता शाही र मञ्जु थापाले देविकाका केही कालजयी गीतहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम रेडियो कान्तिपुरकान्तिपुर म्याक्स टेलिजिभनबाट प्रत्यक्ष प्रसारण भएको थियो ।

गायिकाको रूपमा मात्र नभई देविका सिर्जनात्मक लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँको 'यहाँको चलन', 'सपनी', र 'जित्नेको हाँसो'नामक पुस्तकहरू प्रकाशित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.