मानव अधिकार प्रवर्द्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : आयोग

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
मानव अधिकार प्रवर्द्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्द्धन हुनेगरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गरेका छन् ।

मानव अधिकारको संरक्षण र प्रवर्द्धन हुने गरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरुलाई उनले आग्रह गरे । शनिबार काठमाडौंमा आयोजित ११ औं नेपाल मानव अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मगरले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार प्रवर्द्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्कसमेत गरे । जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवर्द्धन गर्न सिकाउने माध्यम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरुले जोड दिएको उनको भनाइ थियो ।

‘फिल्मले हाम्रो ह्यूमन राइट्सलाई प्रोटेक्ट गर्न, प्रमोट गर्न र अवारनेस गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जस्तो हामीले राष्ट्रिय मानव अधिकार आयोगले पनि सहकार्य गरेर फिल्मको माध्यमद्धारा कसरी जान सकिन्छ ? भन्ने कुराहरुमा हामी अघि बढिराखेका छौं,’ उनले भने, ‘विगतमा पनि साथ दिएका छौं । पछि पनि साथ दिँदै जानेछौँ। सोसाइटीले ह्युमन राईटस प्रोटेक्टका लागि रोल खेलिराखेको हुन्छ भन्ने मैले राख्न चाहे । किनभने सबै राइटसहरु ह्युमन राइट्स हुन् ।’

अध्यक्ष मगरले सबै अधिकारहरु मानव अधिकार भित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरुले यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेकोसमेत बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.