निर्देशक कमल एक्चै मगरको अर्को चलचित्र ‘आलिङ्गन’को घोषणा

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
निर्देशक कमल एक्चै मगरको अर्को चलचित्र ‘आलिङ्गन’को घोषणा

काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ । गत वर्ष आजकै दिन अर्थात मंसिर २३ गते उनी निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो।

चलचित्र ‘डेसान’ बाट उनले राम्रै प्रसंशाका साथै विभिन्न अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए । मगरले चलचित्र ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला चालेका हुन् । ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो चलचित्र हो । सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयम् मगरले लेखेका हुन् ।

चलचित्रको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन् । कृशला मगर कार्यकारी निर्माता रहेको चलचित्रलाई चक्रबहादुर महर्जनले छायांकन गर्नेछन् ।

परफर्मिंग आर्ट क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र ‘आलिङ्गन’ मा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकहरुको बारेमा निर्माण टिमले केही समयपछि पत्रकार सम्मेलन गरेर जानकारी दिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.