‘रङ्गेली’ मा भगवान् दादा बने अर्पण

मंसिर १२, २०८० |कान्तिपुर टीभी संवाददाता
‘रङ्गेली’ मा भगवान् दादा बने अर्पण

काठमाडौं । नेपाली चलचित्र ‘रङ्गेली’ को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’का रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्रअनुसारका पोस्टर सार्वजनिक गरिएको थियो ।

अर्जुन सुवेदीको लेखन रहेको ‘रङ्गेली’ मा अर्पण, दयाहाङ र मिरुना, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको प्रमुख भूमिका छ । यो चलचित्र आगामी फागुन २५ गते शिवरात्रिका दिन रिलिज हुँदै छ ।

यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत समावेश रहेको निर्देशक सुवेदीले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.