गुरुकुलमा कलाकारको टीका (तस्बिरहरू)

कार्तिक ११, २०८० |सञ्जय लुइँटेल
गुरुकुलमा कलाकारको टीका (तस्बिरहरू)

काठमाडौं । काठमाडौंस्थित गुरुकुल : स्कुल अफ थिएटरमा लेखक, सर्जक तथा कलाकारहरुले आज कोजाग्रत पूर्णिमाका दिन दसैंको टीका लगाएका छन् ।

हरेक वर्ष दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा गुरुकुलमा टीका लगाएर शुभकामना आदान–प्रदान गर्ने चलन छ । कार्यक्रममा किशोर नेपाल, सीके लाल, सुनिल पोखरेल, बैरागी काइला, हरिहर शर्मा, किरण मानन्धरले उपस्थित कलाकारहरुलाई टीका लगाइदिएका थिए । गुरुकुलले अग्रजको घर घरसम्म आशीर्वाद लिन जान गाह्रो हुने भएकाले कार्यक्रम नै गरेर दसैंको टीका लगाउने चलन सुरु गरेको हो ।

गुरुकुलका संस्थापक एवं रंगकर्मी पोखरेलले भने, ‘निकै वर्ष अघिदेखि हामीले दसैँको पूर्णिमाको दिन अग्रजहरुबाट टीका लगाएर आर्शिवाद लिने, घरमा त हामी गरिहाल्छौँ । तर अग्रजहरुको घरघरसम्म पुग्न अलि गाह्रो हुन्छ । त्यही भएर गुरुकुलमै बोलाएर उहाँहरुबाट आर्शिवाद लिने हो ।’

कार्यक्रममा सहभागीहरुले दसैंको शुभकामना साटासाटसमेत गरे ।


Image

सञ्जय लुइँटेल

लुइँटेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।