प्रज्ञा प्रतिष्ठानमा नारायण रायमाझी सांगीतिक साँझ हुने

भाद्र ४, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रज्ञा प्रतिष्ठानमा नारायण रायमाझी सांगीतिक साँझ हुने

काठमाडौं । नारायण रायमाझी सांगीतिक साँझ भदौ १५ गते हुने भएको छ ।

सांगीतिक साँझ भदौ १५ गते दिउँसो १ बजेबाट ७ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एकल साँझका अवसरमा वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरु प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

एकल साँझको अवसरमा रायमाझीले निर्देशन गरेको परदेशी २ चलचित्रको पनि शुभारम्भ गरिने अध्यक्ष थापा मगरको भनाइ छ । कार्यक्रममा देशभरका कलाकार, कला, गीत, संगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शक, एवं स्रोताको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरु प्रस्तुत गर्नेछन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.