काठमाडौं । भारतीय गायक अरिजित सिंह आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका छन् ।
आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनका अनुसार आगामी मङ्सिर ९ गते हायात ग्राउन्ड चाबहिलमा हुने ‘अरिजित सिंह लाइभ इन नेपाल’ मा प्रस्तुति दिन गायक सिंह नेपाल आउने भएका हुन् ।
सिंह नेपाली श्रोतामाझ रुचाइएका गायकमा पर्छन् । कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रमा ठूलो योगदान गर्ने र आगामी दिनमा पनि यस क्षेत्रलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने आयोजकले जनाएका छन् ।