ऋषि सिंह : मन्दिर-गुरुद्वारामा भजन गाउँदै इन्डियन आइडलसम्मको यात्रा

चैत्र २०, २०७९
ऋषि सिंह : मन्दिर-गुरुद्वारामा भजन गाउँदै इन्डियन आइडलसम्मको यात्रा

काठमाडौं । अयोध्याका ऋषि सिंहले १३औं इन्डियन आइडलको उपाधि जितेका छन् ।

भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडलको फाइनल आइतबार राति मुम्बईमा भएको हो । इन्डियन आइडलको फाइनलमा ६ जना मात्र पुग्न सफल भएका थिए । टप सिक्समा ऋषि सिंह (अयोध्या), विदिप्ता चक्रवर्ती (कोलकाता), चिराग कोतवाल (जम्मु), सोनाक्षी कार (कोलकाता), शिवम् सिंह (बडोदरा) तथा देबोस्मिता रोय (कोलकाता) थिए ।

फाइनलमा भएको सांगीतिक प्रतिस्पर्धामा ऋषि सिंहले इन्डियन आइडलको उपाधि जितेका हुन् । इन्डियन आइडलमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड निर्णायक थिए ।

ऋषि सिंह इन्डियन आइडलको विजेता बन्दा उपविजेता देबोस्मिता रोय तथा सेकेन्ड रनरअप चिराग कोतवाल भए ।

इन्डियन आइडलका विजेता ऋषिले सोनी टीभीबाट २५ लाख रुपैयाँको चेक प्राप्त गरेका छन् । उनले उपहारस्वरूप नयाँ कार पनि पाएका छन् ।

यसैगरी फर्स्ट रनरअप अर्थात् उपविजेता देबोस्मिता तथा सेकेन्ड रनर अप चिरागले क्रमश: पाँच लाख र तीन लाख रुपैयाँको चेक प्राप्त गरे भने बाँकी प्रतियोगीलाई एक-एक लाख रुपैयाँको चेक प्रदान गरियो ।

को हुन् ऋषि सिंह ?

भारतको उत्तर प्रदेशमा २ जुलाई २००३ मा जन्मिएका १९ वर्षीय ऋषि सिंहले प्राथमिक र माध्यामिक विद्यालयको पढाइ दी क्याम्ब्रियन स्कुलबाट पूरा गरेका हुन् ।

उनले देहरादुनबाट एभिएसन मेनेजमेन्टमा स्नातक अध्ययन गर्दै छन् । अहिले उनी तेस्रो वर्षमा यो पढाइ गरिरहेका छन् ।

मध्ययम वर्गीय परिवारका ऋषिका बुबा राजेन्द्र सिंह सरकारी कर्मचारी हुन् भने आमा अञ्जली सिंह गृहणी हुन् । इन्डियन आइडलको सो का दौरान एउटा एपिसोडमा ऋषिले भनेका थिए कि- उनी आफ्ना आमाबुबाका एकमात्र सन्तान हुन् । अझ उनका बाबुआमाले उनलाई धर्मपुत्रका रुपमा अपनाएका हुन् ।

ऋषिका अनुसार उनका आमाबाबुले उनको संगीतको करियरबाट खुसी थिएनन् । उनीहरु चाहन्थे कि ऋषिले पढाइपछि एउटा गतिलो जागिर गरोस् ।

गुरुद्वारा तथा मन्दिरमा भजन गाउँथे

ऋषिले संगीतको औपचारिक शिक्षा लिएका थिएनन् । तर सानैदेखि उनले आफ्नो घर नजिकै रहेको गुरुद्वारा र मन्दिरमा भजन गाउने गर्थे ।

२०१९ मा ऋषिले इन्डियन आइडलको ११औं सिजनमा पनि सहभागिता जनाएका थिए । तर उनी चौथो चरणबाटै बाहिरिएका थिए ।

भारतीय क्रिकेटर विराट कोहलीले हालै मात्र ऋषिको गायकीको प्रशंसा गरेका छन् । साथै उनले ऋषिलाई सामाजिक सन्जाल इन्स्टाग्रामा फलोसमेत गरेका छन् ।

निर्देशक निर्माता राकेश रोशनले ऋषि सिंहलाई हृतिक रोशनको आगामी फिल्मको गीत गाउन प्रस्तावसमेत गरेका छन् ।

मे २०२२ मा ऋषिले आफ्नो पहिलो एकल गीत ‘इल्तेजा मेरी’ रिलिज गरेका थिए । यो गीतलाई मेलोडियस रेकर्डसले उत्पादन गरेको हो ।

इन्डियन आइडलमा कविर सिंह फिल्मको गीत ‘पहला प्यार’ गाउँदा उनलाई इन्डियन आइडलका निर्णायक (जज) हरुले उठेर सम्मान (स्टयान्डिङ अवेसन) गरेका थिए । साथै उनलाई गोल्डेन माइक (क्वालिफाइङका राउन्ड जित्नुपर्ने आवश्यकता हुँदैन) पनि दिइएको थियो ।

ऋषिले सन २०१९ मा अध्योध्याका राम कथा म्युजियममा आयोजित म्युजिक कन्सर्टमा प्रस्तति देखाएका थिए । उनले युट्युबमा हिन्दी सिनेमाका कैयौं चर्चित गीत गाएका छन् ।

द कपिल शर्मा सो मा इन्डियन आइडल विशेष कार्यक्रममा ऋषिको गायकीप्रति कपिल शर्माले आश्चर्यचकित भएको प्रतिक्रिया दिएका थिए । 

-बीबीसी