‘मार्क्स फर्किए’ दोस्रोपटक रंगमञ्चमा

चैत्र १८, २०७९ |सुबिन्द्र श्रेष्ठ
‘मार्क्स फर्किए’ दोस्रोपटक रंगमञ्चमा

काठमाडौं । वर्तमान नेपाली राजनीतिसँग सान्दर्भिक परिस्थितिलाई चित्रण गर्ने नाटक 'मार्क्स फर्किए' आरोहण गुरुकुल नाटकघरमा दोस्रोपटक मञ्चन भइरहेको छ । समाजमा धनी र गरिब बीचको खाडल कसरी बढ्दै गएको छ भन्ने सन्दर्भलाई नाटकमा देखाइएको छ । अमेरिकी साहित्यकार हवार्ड जीनद्वारा लिखित नाटकलाई नेपाली परिवेशमा प्रस्तुत गरिएको हो ।

नेपाली परिवेशजस्तै पुँजीले मानिसमाथि शासन गर्ने र चरम व्यक्तिवाद फस्टाउन थालेपछि हुने विद्रोहले मार्क्सले कल्पना गरेजस्तो आदर्श समाज जन्मिनेछ । जसले एक दिन शोषित वर्ग एकजुट हुनेछन् र अरूलाई काममा जोताएर लाभ उठाउनेहरु घुँडा टेक्न बाध्य हुने पक्षपोषण गरेको छ ।

आफूलाई मार्क्सवादी भन्नेहरुले नै मार्क्स र उनको सिद्धान्तलाई बुझ्न नसकेको तथ्य नाटकले प्रष्ट्याएको छ। नाटकले नेपाली विषयवस्तुलाई कथाका माध्यमबाट वस्तुनिष्ठ चित्रण गरिएको दर्शकको भनाइ छ ।

सुनील पोखरेल र प्रविण खतिवडाको परिकल्पना र निर्देशनमा तयार पारिएको नाटक वैशाख ९ सम्म मञ्चन हुनेछ ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।