गायिका मञ्जुको ‘इसारा’ सार्वजनिक, भिडियो निर्देशनमा काजी रानाको डेब्यु

फाल्गुन १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
गायिका मञ्जुको ‘इसारा’ सार्वजनिक, भिडियो निर्देशनमा काजी रानाको डेब्यु

काठमाडौं । गायिका मञ्जु तिवारीको नयाँ गीत ‘इसारा’ सार्वजनिक भएको छ । यसअघिका उनका गीतहरुभन्दा इसारा फरक शैलीमा प्रस्तुत गरिएको छ ।

नेपाली सांगीतिक आकाशमा छलाङ मारिसकेकी गायिका तिवारीले चलचित्र, आधुनिक, पपजस्ता विभिन्न विधाका गीत गाएकी छन् । उनका केही गीत युट्युब ट्रेन्डिङमा समेत परेका थिए ।

सुजन चापागाईंको संगीत संयोजन रहेको यस गीतलाई रवीन्द्र लामिछानेले लेखेका हुन् ।

डिजिटल पेन्टिङमार्फत गीतको भिडियोलाई तयार पारिएको छ । यस गीतको भिडियोको कथा, डिजिटल पेन्टिङ तथा निर्देशन काजी रानाले गरेका छन् ।

उदयीमान कलाकार रानाको म्युजिक भिडियोमा यो डेब्यु निर्देशन हो । कलाकारसँगै उनी चित्रकार पनि हुन् । चलचित्र तथा टेलिसिरिजमा अभिनय गरिसकेका उनी पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् ।

यस गीतको भिडियोमा एनिमेसन नवीन राउतले गरेका छन् । यो गीत गायिका मञ्जुले आफ्नै युट्युब च्यानल ‘मञ्जु तिवारी’ मार्फत सार्वजनिक गरेकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.