मुन्द्रेको कमेडी क्लब चैत २ देखि कान्तिपुर टेलिभिजनबाट

फाल्गुन ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
मुन्द्रेको कमेडी क्लब चैत २ देखि कान्तिपुर टेलिभिजनबाट

काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो चैत २ गतेदेखि प्रशारण हुने भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच चैत २ देखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी सुरु हुने जानकारी गराइएको हो । शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेनछिन् । निर्देशकमा दिनेश डीसी छन् ।

त्यस्तै कलाकारमा दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बास्कोटा रहेको कलाकार नेपालले जानकारी दिए । उनले आवश्यक परे थप कलाकार बोलाउने जनाए । त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकामा खुसी लागेको प्रतिक्रिया दिइन् ।

उनले सकेसम्म शोलाई उत्कृष्ट बनाउने प्रयासमा हुने प्रतिबद्धता जनाएकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.