प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयो : मदनकृष्ण श्रेष्ठ

माघ २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयो : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कारसरह भएको धारणा राखे ।

काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा बिहीबार भएको ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइए पनि कार्यव्यस्तताका कारण सहभागी बनेका थिएनन् ।

प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिका रुपमा आसनग्रहण गराएको थियो । सोही विषयलाई लिएर श्रेष्ठले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको जनाए ।

उनले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको भन्दै गौरवको अनुभूति भएको जनाएका थिए । ‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ, प्रमुख अतिथिको कुर्सीमा । पुरस्कार पाए जस्तै भयो । प्रधानमन्त्री बनेको जस्तै भयो,’उनले भने, ‘रवि लामिछानेको निर्णय पनि प्रधानन्ययाधीश नै चाहिन्छ, त्यहाँ कामुले हुँदैन भनेर इलिगल भयो भनिरहेका छन्, तर म पनि आज कामु मात्रै भएँ । कामु भए पनि म प्रधानमन्त्री बस्ने कुर्सीमा बसेँ ।’

सो अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले ‘एउटै इच्छा छ, तिम्रै भएर जिउने...’ बोलको गीत गाएर सुनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.