‘भष्मे डन’ चरित्रमा फिल्म बन्दै, खगेन्द्र लामिछाने पर्दामा नदेखिने

माघ १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘भष्मे डन’ चरित्रमा फिल्म बन्दै, खगेन्द्र लामिछाने पर्दामा नदेखिने

काठमाडौं । चलचित्र ‘भष्मे डन’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा देखिने भएका छन् । काठमाडौंमा आइतबार एक कार्यक्रम आयोजनमा गरी निर्माण पक्षले चलचित्र पशुपतिप्रसादको प्रमुख मध्ये एक पात्र भष्मे डनको चरित्रमाथि चलचित्र बनाउन लागेको घोषणा गरेको हो ।

भष्मे डन चलचित्र पशुपतिप्रसादको रुचाइएको खलपात्र हुन् । यो चलचित्र पशुपतिप्रसादको सिक्वेल होइन । साथै यस चलचित्रमा पशुपतिप्रसादकी अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय भने रहने छैन । तर लामिछाने चलचित्रको लेखक र निर्माताका रुपमा रहने निर्माण पक्षको भनाइ छ ।

टुकी आर्टस्‌को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन र स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँलगायतको अभिनय रहने बताइएको छ ।

अभिनेता रविन्द्र सिंह बानियाँले धेरै सोच विचार गरेर चलचित्र बनाउने निर्णयमा पुगेको बताए । उनले भने, ‘पशुपतिप्रसादको मायालाई कुनै कमी हुन नदिने गरी फिल्म बन्न लागेका छौं ।’

अभिनेत्री स्वस्तिमा खड्काले राम्रो चलचित्रमा खेल्न पाउँदा खुसी लागेको र पात्र मन परेर चलचित्रमा जोडिएको बताइन् ।

चलचित्र आगामी फूलपातीमा प्रदर्शनमा आउने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.