राजेशपायलको गायनमा झुम्यो वसन्तपुर (तस्बिरसहित)

पुस १८, २०७९ |चन्द्र कार्की
राजेशपायलको गायनमा झुम्यो वसन्तपुर (तस्बिरसहित)

तेह्रथुम । किरात समुदायको उधौली पर्वको अवसरमा तेह्रथुमको वसन्तपुरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा गायक राजेशपाल राईले सांगीतिक प्रस्तुति दिएका छन् ।

जोसिलो पाराले कन्सर्टमा गीत गाउँदै दर्शकलाई मनोरञ्जन दिने राजेशपायललाई नजिकबाट हेर्न तेह्रथुमसहित धनकुटा र संखुवासभादेखिका दर्शक झुम्मिएका छन् । पर्यटकीय सहर वसन्तपुरमा आयोजित कार्यक्रम लालीगुराँस नगर लिम्बू समाज वसन्तपुरले आयोजना गरेको हो ।

राजेशपायलले ‘मायाले बाँध्यौ कि’, ‘देम्सारो’ ‘नाई नभन्नु ल’ ‘मत मर्छु कि क्या हो ठूली’, ‘यानी माया’, ‘टलटल टल्किने’ जस्ता गीत गाएर दर्शकलाई मनोराञ्जन दिएका छन् । कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजक संस्थाका अध्यक्ष आइतराज केरुङले जनाए ।


Image

चन्द्र कार्की

कार्की कान्तिपुर टेलिभिजनका तेह्रथुम संवादाता हुन् ।