मदनकृष्णको व्यङ्ग्य- डाइपर परिवर्तन गरिरहनुपर्छ

मंसिर १, २०७९
मदनकृष्णको व्यङ्ग्य- डाइपर परिवर्तन गरिरहनुपर्छ

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले चुनावलाई लक्षित गरी व्यङ्ग्य गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा उनले डाइपर आफूलाई सुहाए पनि एकपटक मात्र प्रयोग गनुपर्छ भन्दै व्यङ्ग्य गरेका हुन् ।

‘पुरानै लुगा पनि आफूलाई सुहाएमा फेरि लगाइन्छ । बेसाइजका र आफूलाई नसुहाउने लुगाहरू नयाँ नै भए नि लगाइँदैन,’ सामाजिक सन्जालमा श्रेष्ठ लेख्छन्, ‘डाइपरहरुचाहिँ आफूलाई सुहाए पनि नसुहाए पनि एकपटक प्रयोग गरिसकेपछि फेरि लगाइँदैन ।’

उनको यो पोस्टमा १५ घण्टाको अवधिमा करिब १० हजार लाइक र पाँच सयवटा कमेन्ट आएका छन् । कमेन्टमा अधिकांशले डाइपरजस्ता नेतालाई पाखा लागउनुपर्ने बताएका छन् । केही प्रयोगकर्ताले वरिष्ठ कलाकारले नेतालाई डाइपरसँग तुलना गरेकामा आपत्तिसमेत जनाएका छन् ।