प्रतिनिधिसभा अपडेट : ११२ सिटको नतिजा आयो, ५३ बाँकी (सूचीसहित)

मंसिर ९, २०७९
प्रतिनिधिसभा अपडेट : ११२ सिटको नतिजा आयो, ५३ बाँकी (सूचीसहित)

काठमाडौं । बिहीबार मध्यरातिसम्म प्रतिनिधिसभातर्फ १ सय ११ सिटको चुनावी नतिजा सार्वजनिक भएको छ । अब ५३ सिटको मात्र नतिजा आउन बाँकी छ ।

शुक्रबार बिहान ७ बजेसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले ३९ सिट जितेको छ भने १२ सिटमा अग्रता लिइरहेको छ । अग्रता लिएका सबै सिट जित्यो भने कांग्रेसको भागमा प्रत्यक्षतर्फ ५३ सिट हात पर्ने देखिन्छ । २०७४ को चुनावमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको थियो ।

नेकपा एमालेले अहिलेसम्म २९ सिट जितेको छ भने १९ सिटमा अग्रता लिइरहेको छ । अग्रता लिएका सबै सिट जित्यो भने एमालेले प्रत्यक्षतर्फ कुल ४८ सिट बनाउने सम्भावना छ । अघिल्लो निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो ।

नेकपा माओवादी केन्द्रले १२ सिट जितेको छ भने ६ सिटमा अग्रता लिइरहेको छ । अघिल्लो चुनावमा माओवादीले ३६ सिट जितेको थियो । यसपालि माओवादी पनि एमालेजस्तै आधा सिट गुमाउने अवस्थामा पुगेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले  १० सिट जितेको छ । उसको अग्रता सिट भने सकिएको छ । समानुपातिकतर्फ कम मत खसेका कारण यो पार्टी राष्ट्रिय दल बन्नेमा आशंका उब्जिएको छ ।

यो पनि पढ्नुहोस् प्रदेशसभाका २२० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक (सूचीसहित)

एकीकृत समाजवादीपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ । उसले सुनसरी १ बाट अग्रता लिइरहेको छ । प्रत्यक्षतर्फ ७–८ सिट जितेको यो दलले समानुपातिकतर्फ भने कांग्रेस, एमालेपछि तेस्रो स्थान हासिल गर्ने र संसदमा प्रतिनिधित्व बढाउने सम्भावना छ । समानुपातिकको परिणाम आइसकेपछि माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीमध्ये कुन चाहिँ तेस्रो शक्ति बन्छ भन्ने टुंगो लाग्नेछ ।

ठूला दलबाट असन्तुष्ट रहेको जनमतलाई रवि लामिछानेले ‘क्यास’ गरिदिएपछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले अपेक्षाकृत नतिजा ल्याउन सकेन । उसले ५ सिट जितेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । समानुपातिकतर्फ राष्ट्रिय दल बन्ने मत आउने सम्भावना रहे पनि रवि लामिछानेको भन्दा लिङदेनको दलले कम मत पाइरहेको छ ।

यसपालि संसदमा साना दलहरुको संख्या संख्या बढ्ने भएको छ । जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा लगायतका साना दलले संसदमा उपस्थिति जनाइसकेका छन् । यसबाहेक ५ जना स्वतन्त्र सांसद पनि विजयी भएका छन् । यो आँकडा हेर्दा साना दल र स्वतन्त्रले मात्रै १३ सिट होल्ड गर्ने भएका छन् । यो संख्याले सरकार निर्माणमा निर्णायक भूमिका खेल्न सक्छ ।

स्वतन्त्र र साना दलको संख्या १३ पुगेको छ भने यसमा राप्रपा र २५–३० सिटको संख्या बन्न सक्छ ।

शुक्रबार बिहान ५ बजेसम्म प्राप्त १०७ स्थानको नतिजा हेरौं–

नेपाली कांग्रेस 

१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल–

७. रसुवा– मोहन आचार्य–

८. ललितपुर १– उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा– शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्र कुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा– रामहरि खतिवडा

१५. झापा १– विश्वप्रकाश शर्मा

१६. पर्सा १– अजयकुमार चौरसिया

१७. गोरखा १– राजेन्द्र बजगाई

१८. म्याग्दी– खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – बीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री

२४. दैलेख २- दिक्पाल कुमार शाही

२५. कञ्चनपुर २ – एनपी साउद

२६. सिन्धुली १– श्यामकुमार घिमिरे

२७. तनहुँ १ – रामचन्द्र पौडेल

२८. बाँके ३– किशोरसिंह राठोर

२९. नवलपरासी पूर्व १–शशांक कोइराला

३०. रौतहट ४ – देवप्रसाद तिमलसेना

३१. धादिङ २– रामनाथ अधिकारी

३२. नवलपरासी पूर्व २–विष्णुकुमार कार्की

३३. दाङ ३ – दीपक गिरी

३४. नवलपरासी पश्चिम १– विनोद चौधरी

३५. बर्दिया १ – संजय गौतम

३६. सुर्खेत १ – पूर्णबहादुर खड्का

३७. सप्तरी ३ – दिनेशकुमार यादव

३८. मोरङ ६ – डा. शेखर कोइराला

३९. धनुषा २ – रामकृष्ण यादव

नेकपा एमाले

१.उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

३.ललितपुर २– प्रेमबहादुर महर्जन

४. गुल्मी २ - गोकर्ण विष्ट

५‍‍ .झापा २– देवराज घिमिरे

६. झापा ५– केपी शर्मा ओली

७. ताप्लेजुङ– योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची– टोपबहादुर रायमाझी

१०. प्युठान– सूर्य थापा

११. मकवानपुर २– महेशकुमार बर्तौला

१२. कास्की २– विद्या भट्टराई

१३. पर्वत – पदम गिरी

१४. लमजुङ - पृथ्वी सुब्बा गुरुङ

१५. रुपन्देही ५ - बासुदेव घिमिरे

१६. झापा ४– लालप्रसाद (एलपी) साँवा लिम्बु

१७. सोलुखुम्बु–मानवीर राई

१८. धनकुटा १–राजेन्द्रकुमार राई

१९. सिरहा १ – रामशंकर यादव

२०. कपिलवस्तु १– बलराम अधिकारी

२१. बाँके १ – सूर्यप्रसाद ढकाल

२२. कञ्चनपुर १ – तारा लामा तामाङ

२३. बैतडी – दामोदर भण्डारी

२४. पाँचथर १ – बसन्तकुमार नेम्वाङ

२५. सर्लाही ३ – हरिप्रसाद उप्रेती

२६. कास्की ३ – दामोदर पौडेल वैरागी

२७. बारा १ – अच्युतप्रसाद मैनाली

२८. बारा ३ – ज्वालाकुमारी साह

२९.धनुषा ३– जुलीकुमारी महतो  

नेकपा (माओवादी केन्द्र)

१. सिन्धुली २- लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट - शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल

८. दाङ २ – रेखा शर्मा

९. खोटाङ– रामकुमार राई

१०. भोजपुर १ – सुदन किराँती

११. मोरङ ४ – अमनलाल मोदी

१२. रुकुम पश्चिम – जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर

२ . बारा ४– कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ – अमरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी– प्रेमबहादुर आले

६. बझाङ– भानुभक्त जोशी

७.रौतहट १– माधवकुमार नेपाल

८. धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे

९. दाङ १ – मेटमणि चौधरी

१०. डोल्पा – धनबहादुर बुढा

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३. काठमाडौं २– सोबिता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. ललितपुर ३ – तोसिमा कार्की

६. चितवन २ – रवि लामिछाने

७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी–

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला - ज्ञानबहादुर शाही

३. मकवानपुर १ – दीपकबहादुर सिंह

४. झापा ३ – राजेन्द्र लिङ्देन

५. नवलपरासी पश्चिम– ध्रुवबहादुर प्रधान

जनता समाजवादी पार्टी

१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १ – नवलकिशोर साह सुडी

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रसाद चौधरी

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता श्रेष्‍ठ

जनमत पार्टी

१. सप्तरी २- सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २– लालवीर चौधरी

२. मोरङ ५ – योगेन्द्र मण्डल

३. रौतहट २ – किरणकुमार साह

४. रौतहट ३ – प्रभु साह

५. सर्लाही ४ – अमरेशकुमार सिंह


Enter Kantipur TV HD
Advertisement