काठमाडौं । प्रतिनिधिसभाको चुनावले प्रदेशसभालाई छायामा पारेका चर्चा मंसिर ४ अघि खुबै चल्यो । तर, चुनावपछि मतगणना भइरहँदा पनि प्रतिनिधिसभाको छायामा प्रदेशहरु परेका छन् । संघका १६५ सिटको मतगणना भइरहँदा प्रदेशको पनि गणना भइरहेको छ, तर मानिसहरुको ध्यान प्रदेशमा कमै परेको छ ।
सातै प्रदेशमा सरकार बनाउने हैसियत राख्ने प्रदेशसभामा कुन दलको कस्तो अवस्था छ ? कसले बहुमत ल्याउने सम्भावना छ ? यही प्रश्नलाई ध्यान दिँदै हामीले यहाँ बुधबार साँझसम्मको मतगणनाको अवस्थाबारे अपडेट गराउने प्रयास गरेका छौं ।
बुधबार साँझसम्म सातै प्रदेशबाट नेपाली कांग्रेसका ३७ सदस्य विजयी भएका छन् । नेकपा एमालेका १५ जना विजयी भएका छन् भने माओवादीका १२ जना विजयी बनेका छन् ।
त्यस्तै, राप्रपाले ४, जनमत पार्टीले ४, जनता समाजवादीले ३ सिट प्रदेशसभा सदस्य जितेका छन् । एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिट जितेका छन् भने लोकतान्त्रिक समाजवादीले एक सिट जितेको छ ।
प्रदेशसभाका ३ सय ३० प्रत्यक्ष सिटमध्ये २ सय बढी स्थानको मतगणना भइरहेको छ । यसमध्ये ५० सिटमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने एमालेले ७० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादीले ३७, राप्रपाले ७, जनमत पार्टीले २, जनता समाजवादीले ९, एकीकृत समाजवादीले ११, नागरिक उन्मुत्तिल पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा अग्रता लिइरहेको छ । मतगणना जारी रहेकाले यो अग्रता तलमाथि हुने क्रम तीव्र छ ।
सातै प्रदेशमा गत २०७४ को चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए । परिणामस्वरुप सातै प्रदेशमा एमाले–माओवादी गठबन्धन सरकार बन्यो । नेपाली कांग्रेसको उपस्थिति सातै प्रदेशमा कमजोर देखियो ।
तर, यसपालिको चुनावमा माओवादी, एकीकृत समाजवादी लगायतसँग गठबन्धन गरेको नेपाली कांग्रेसले फाइदा हात पार्ने संकेत देखिएको छ । जस्तो कि जितेको र अग्रता लिएको संख्या जोड्दा कांग्रेसको ८७ सिट पुग्छ भने एमालेको ८५ पुग्छ । यसरी प्रदेशमा एमालेसँग हाराहारी आउनु नेपाली कांग्रेसको उपलब्धी हो भने एमालेका लागि घाटा हो ।
संघको चुनावमा अप्रत्याशित जित हासिल गरेको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशको चुनावमा भाग लिएन । उसको अनुपस्थितिमा पुराना पार्टीहरुमै भोट बाँडिएको देखिन्छ ।
अब सातै प्रदेशको पछिल्लो परिणामबारे चर्चा गरौं –
प्रदेश १
प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षतर्फ ५६ सिट छन् । समानुपातितर्फको ३७ सिट जोड्दा प्रदेशसभाको कुल सदस्य संख्या ९३ पुग्छ । यसमध्ये बहुमतको सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।
हालसम्म प्रदेश १ मा धीमा गतिमा मत गणना भइरहेको छ । बुधबार अपराह्नसम्म चार स्थानको मात्रै नतिजा आएको छ । जसमध्ये कांग्रेसले दुई सिट जितेको छ भने एमाले र माओवादीले एक–एक स्थान जितेका छन् ।
हालसम्म भइरहेको मतगणनाअनुसार नेकपा एमाले १८ स्थानमा अगाडि छ । कांग्रेस ९ र माओवादी ६ स्थानमा अगाडि छन् भने एकीकृत समाजवादी ४, राप्रपा ३ र जसपा १ स्थानमा अगाडि छन् ।
प्रदेश १ को हालसम्मको परिणाम
१. ओखलढुंगा (क) – प्रदीपकुमार सुनुवार – कांग्रेस
२. ओखलढुंगा (ख) – बाबुराम गौतम – माओवादी
३. मोरङ ५ (क)– गयानन्द मण्डल – कांग्रेस
४. मोरङ ५ (क) – रामकुमार खत्री – कांग्रेस
५. झापा १ (क) – गोपाल तामाङ– कांग्रेस
६. झापा ३ (क) – भूमिप्रसाद राजबंशी– कांग्रेस
७ . उदयपुर २ (ख) – रामकुमार खत्री– कांग्रेस
८. झापा २ (ख) - तिलचन पाठक– एमाले
९ . झापा ३ (ख) – छविलाल चुडाल– एमाले
१०. सोलुखुम्बु (ख)– बुद्धिकुमार राजभण्डारी– एमाले
११. उदयपुर २ (क) – नारायणबहादुर मगर – माओवादी
१२. मोरङ ५ (क)– जय प्रकाश चौधरी– एमाले
मधेस प्रदेश
मधेसको प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ सिट छन् । समानुपातिकतर्फ ४३ सिट रहेको १ सय ७ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार बनाउन ५४ सिट चाहिन्छ ।
हालसम्म प्रत्यक्षतर्फ ९ सिटको नतिजा आएको छ । यसमध्ये सीके राउत नेतृत्वको जनमत पार्टीले ३ सिट जितेको छ भने कांग्रेसले दुई सिट जितेको छ । जसपा, लोसपा, एमाले र माओवादीले एक/एक सिट जितेका छन् ।
यस प्रदेशमा जारी मतगणनामा जसपाले १२ सिटमा अग्रता कायम गरेको छ । माओवादीले ५ सिटमा अग्रता लिएको छ भने कांग्रेसले ९ सिटमा अग्रता लिएको छ । जनमत पार्टी र एकीकृत समाजवादीले दुई–दुई सिटमा अग्रता लिएका छन् ।
मधेस प्रदेशको हालसम्मको परिणाम
१. सप्तरी २ (क) – सतिशकुमार सिंह – जनमत
२. सप्तरी २ (ख) – महेशप्रसाद यादव – जनमत
३. पर्सा १ (ख) – लालबाबु राउत – जसपा
४. पर्सा ४ (क) – शंकरप्रसाद चौधरी – कांग्रेस
५. पर्सा २ (क) - श्यामप्रसाद पटेल – कांग्रेस
६. पर्सा ३ (ख) - जनार्दन सिंह क्षेत्री – कांग्रेस७. पर्सा ४ (क) शंकरप्रसाद चौधरी – कांग्रेस
८. सप्तरी ३ (क) – मोहम्मद समिम– कांग्रेस
९ . बारा ४ (क) –देवनारायण थारु– एमाले
१०. पर्सा १ (क) – रहवर अन्सारी – माओवादी
११. रौतहट ४ (क) – युवराज भट्टराई – माओवादी
वाग्मती प्रदेश
संघीय राजधानी काठमाडौंसमेत समेटिएको वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिट छन् । समानुपातिकतर्फका ६४ सिट जोड्दा यस प्रदेशसभाको कुल सिट ११० हुन आउँछ । यहाँ बहुमतको सरकार बनाउन ५६ सिट चाहिन्छ ।
अहिलेसम्म वाग्मती प्रदेशका १७ सिटको नतिजा आइसकेको छ । हालसम्मको विवरणअनुसार कांग्रेसले ७ सिट जितेको छ भने एमालेले ५ सिट जितेको छ । राप्रपा र माओवादीले दुई–दुई सिट जितेका छन् भने एकीकृत समाजवादीले एक सिटमा खाता खोलेको छ ।
वाग्मती प्रदेशको हालसम्मको परिणाम
१. सिन्धुली २ (क) – छेत्रबहादुर बम्जन – कांग्रेस
२. सिन्धुली २ (ख) – गंगानारायण श्रेष्ठ – माओवादी
३. सिन्धुपाल्चोक १ (क) – मसिना खड्का– कांग्रेस
४. काठमाडौं २ (क) – सुनील केसी – राप्रपा
५. काठमाडौं ३ (क) – छिरिङ दोर्जे लामा – कांग्रेस
६. काठमाडौं ३ (ख) – विमल ठकुरी – कांग्रेस
७. काठमाडौं ६ (ख) – अमनकुमार मास्के – एमाले
८. काठमाडौं ७ (क) – वसन्तकुमार मानन्धर – एकीकृत समाजवादी
९. काठमाडौं ७ (ख) – प्रकाश श्रेष्ठ – एमाले
१०. काठमाडौं ९ (ख) नीरज बज्राचार्य – राप्रपा
११. काठमाडौं १० (क) – पुकार महर्जन – कांग्रेस
१२. ललितपुर १ (क) – मधुसूदन पौडेल – एमाले
१३. ललितपुर १ (ख) – मीनकृष्ण महर्जन – एमाले
१४. ललितपुर २ (क) – रामेश्वर श्रेष्ठ – एमाले
१५. ललितपुर २ (ख) – रामकृष्ण चित्रकार – कांग्रेस
१६. भक्तपुर १ (क) – सुरेश श्रेष्ठ – कांग्रेस
१७. रसुवा (ख) – इन्द्रप्रसाद गोतामे – माओवादी
१८. काठमाडौं १ (क) - दिपेन्द्र श्रेष्ठ– कांग्रेस
१९.काठमाडौं १ (ख) - सुरजचन्द्र लामिछाने– कांग्रेस
२०. काठमाडौं ४ (क) - श्रीराम लामिछाने– कांग्रेस
२१. काठमाडौं ६ (क) -हरिप्रभा खड्गी– कांग्रेस
२२. धादिङ १ (क) - मदुकुमार श्रेष्ठ– कांग्रेस
२३. धादिङ २ (क) - गोविन्द लम्साल– कांग्रेस
२४. भक्तपुर १ (क) - सुरेश श्रेष्ठ– कांग्रेस
२५. भक्तपुर १ (क) - प्रभात तामाङ– कांग्रेस
२६. काठमाडौं ४ (ख)–जयराम थापा –एमाले
२७. काठमाडौं ६ (ख) – अमनकुमार मास्के– एमाले
२८. काठमाडौं ७ (ख) –प्रकाश श्रेष्ठ
२९. मकवानपुर २ (क) – कुमारी मोक्तान– माओवादी
गण्डकी प्रदेश
विगतमा एमालेको पकड रहेको गण्डकी प्रदेशसभाको यसपालिको नतिजा पनि रोचक देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सिट रहेको यस प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन ३१ सिट चाहिन्छ ।
अहिलेसम्म प्रत्यक्षतर्फ १५ स्थानको नतिजा आइसकेको छ । अब २१ सिटको नतिजा आउन बाँकी छ । १५ स्थानमध्ये हालसम्म कांग्रेसले ८ सिट जितेको छ भने एमालेले २, माओवादीले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।
बुधबार अपराह्नसम्मको विवरणअनुसार कांग्रेसले १० सितेको छ भने एमाले र माओवादीले २÷२ सिट जितेका छन् । अन्यले १ सिटमा जितेको छ ।
गण्डकीमा गणना हुन बाँकी रहेका सिटमध्ये एमालेले १० स्थानमा अग्रता लिएको छ । यो प्रदेशमा जनता समाजवादी पार्टीले १२ स्थानमा अग्रता लिएको छ । कांग्रेस र माओवादीले ३–३ स्थानमा अग्रता लिएका छन् ।
गण्डकी प्रदेशको हालसम्मको नतिजा
१. तनहुँ २ (क) – श्यामराजा महत – एमाले
२. तनहुँ २ (ख) – जितप्रकाश आलेमगर – कांग्रेस
३. कास्की २ (क) – भीमबहादुर कार्की – एमाले
४. मनाङ (क) – मुनिन्द्रजंग गुरुङ – कांग्रेस
५. मनाङ (ख) – राजीव गुरुङ (दीपक मनाङे) – स्वतन्त्र
६. मुस्ताङ (क)– नुम्डु गुरुङ – कांग्रेस
७. मुस्ताङ (ख) – विकल शेरचन – कांग्रेस
८. म्याग्दी (ख) – रेशमबहादुर जुग्जाली – माओवादी
९. बागलुङ १ (क) – दीपेन्द्रबहादुर थापा – कांग्रेस
१०. बाग्लुङ १ (ख) – डिल्लीराम सुवेदी – कांग्रेस
११. बागलुङ २ (क) – जितबहादुर शेरचन – कांग्रेस
१२. बागलुङ २ (ख) – दोर्णकुमार कुँवर – कांग्रेस
१३. कास्की ३ (क)– गणेशमान गुरुङ– एमाले
१४. गोरखा १ (क) – कृष्णप्रसाद धिताल – माओवादी
१५. गोरखा २ (क) – फणीन्द्र देवकोटा – माओवादी
१६. म्याग्दी (क) – रेशमबहादुर जुग्जाली – माओवादी
१७. स्याङजा १ (क) – सीताकुमारी सुन्दास– एमाले
लुम्बिनी प्रदेश
प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ सिट र समानुपातिकतर्फ ३५ गरी कुल ८७ सिट रहेको लुम्बिनीमा सरकार गठनका लागि बहुमत पुर्याउन ४४ सिट चाहिन्छ । हालसम्म यो प्रदेशमा ७ सिटको नतिजा आएको छ । जसमध्ये कांग्रेस र एमालेले एक–एक सिट जितेका छन् भने जसपाले २ सिट जितेको छ । जनमत पार्टीले एक र स्वतन्त्रले एक सिट जितेका छन् ।
विगतमा एमालेको राम्रो पकड रहेको लुम्बिनी प्रदेशमा यसपालि पनि एमालेको अग्रता देखिएको छ । उसले १६ सिटमा अग्रता लिइरहेको छ । कांग्रेसले ९ र माओवादीले ३ सिटमा अग्रता लिइरहेका छन् भने अन्य दलले ३ स्थानमा अग्रता लिएका छन् ।
लुम्बिनीको हालसम्मको नतिजा –
१. बाँके २ (क) – भण्डारीलाल अहिर – जसपा
२. बाँके २ (ख) – आदेशकुमार अग्रवाल – जसपा
३. रूपन्देही ५ (ख) – चन्द्रकेश गुप्ता– जनमत
४. रुकुम पूर्व (क) सरुल पुन – स्वतन्त्र
५. रोल्पा (क) – जोखबहादुर महरा – माओवादी
६. दाङ २ (क) – राजु खनाल – कांग्रेस
७. गुल्मी २ (क) – डिल्लीराज भुसाल – एमाले
८. नवलपरासी पश्चिम १ (क) – विश्व प्रेम पाठक– कांग्रेस
९. बर्दिया १ (क)– भुवनेश्वर चौधरी– कांग्रेस
१०. अर्घाखाँची (क)– चेतनारायण आचार्य – एमाले
११. अर्घाखाँची (ख) – रामजीप्रसाद घिमिरे – एमाले१२ . गुल्मी २ (क) – दिनेश पन्थी– एमाले
१३. रूपन्देही ५ (क) – भूमिश्वर ढकाल– एमाले
१४. बर्दिया २ (क) – लालवीर चौधरी– स्वतन्त्र
कर्णाली प्रदेश
प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ सिट रहेको ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन चाहिने आवश्यक बहुमत २१ सिट हो । बुधबार अपराह्नसम्म प्रत्यक्षतर्फ दुईवटा सिटको मात्रै नतिजा आएको छ । यस प्रदेशमा अहिलेसम्म जाजरकोट र दैलेखबाट नेपाली कांग्रेसले दुई सिट जितेको छ ।
कांग्रेसले ४ सिटमा अग्रता लिइरहेको छ भने माओवादीले ६ सिटमा अग्रता लिएको छ । एमालेले २ र अन्यले १ सिटमा अग्रता लिएका छन् । हालसम्म १३ सिटको गण्ना भइरहेको छ । १९ सिटमा गणना सुरु भएको छैन ।
कर्णालीको हालसम्मको नतिजा–
१. जाजरकोट (क) – वेदराज सिंह – कांग्रेस
२. जाजरकोट (ख) – राजीवविक्रम शाह – कांग्रेस
३. दैलेख १ (क)– पूर्णबहादुर खत्री – कांग्रेस
४. दैलेख २ (क)– घनश्याम भण्डारी– कांग्रेस
५. जुम्ला (ख) – टेकराज पछाई – एमाले
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ सिट छन् । ५३ सदस्यीय यस प्रदेशमा बहुमतको सरकार बनाउन २७ सिट आवश्यक पर्छ । अहिलेसम्म यहाँ ६ सिटको मात्रै नतिजा आएको छ । ६ सिटमा भएको गणनामा माओवादी र नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिट जितेका छन् भने एमाले र कांग्रेसले एक–एक सिट जितेका छन् । यस प्रदेशबाट कांग्रेस ९ सिटमा अगाडि छ भने माओवादी, एमाले र नागरिक उन्मुक्ति पार्टीले ३÷३ सिटमा अग्रता लिइरहेका छन् । एकीकृत समाजवादीले २ र अन्यले २ स्थानमा अग्रता लिएका छन् ।
सुदूरपश्चिमको हालसम्मको नतिजा –
१. कैलाली ३ (क) – घनश्याम चौधरी – नागरिक उन्मुक्ति
२. कैलाली ३ (ख) – खुशीराम डगौरा – नागरिक उन्मुक्ति
३. डोटी (क) – चक्रबहादुर मल्ल – एमाले
४. डोटी (ख) – शिव ओली – माओवादी
५. दार्चुला (क) विक्रमसिंह धामी – कांग्रेस
६. दार्चुला (क) मानबहादुर धामी – माओवादी
७. बैतडी (क)- शिवराज भट्ट
यो पनि...
अपडेट : यी हुन् प्रतिनिधिसभामा विजयी सांसद (सूचीसहित)
प्रदेशसभा अपडेट : कांग्रेसले १३, एमालेले ४, माओवादी केन्द्र र जसपा ३/३ सिट