मधेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्चकाे आदेश

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।

प्रदेश सभाका ७३ जना सदस्यले मुख्यमन्त्री सरोज यादवको नियुक्ति गैरसंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको फैसलामा सर्वोच्चले २४ घन्टाभित्र विश्वासको मत लिन आदेश दिएको हो । यादवले विश्वासको मत नपाए धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री चयनको विकल्पमा जान सर्वोच्चले आदेश गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.