नेपालले 'आईईएसएफ विश्व ई-स्पोर्टस् च्याम्पियनसिप-२०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ एमएलबीबी' मा सहभागिता जनाउने

मंसिर १५, २०८२ |खेल ब्युरो
नेपालले 'आईईएसएफ विश्व ई-स्पोर्टस् च्याम्पियनसिप-२०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ एमएलबीबी' मा सहभागिता जनाउने

काठमाडौं । नेपालले 'आईईएसएफ विश्व ई-स्पोर्टस् च्याम्पियनसिप-२०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ एमएलबीबी' मा सहभागिता जनाउने भएको छ ।

प्रतियोगिता डिसेम्बर ३ देखि ७ सम्म मलेसियाको क्वालालम्पुरमा हुँदै छ । नेपाल ओलम्पिक कमिटी-एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने ई-स्पोर्ट्स टिमलाई बिदाइ गरे । आईईएसएफ विश्व ई-स्पोर्टस्‌मा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ । 

पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा रहेका छन् । प्रशिक्षकमा म्याथ्यू ह्वी योङ तान छन् । महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नेछन् । महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ छन् ।