गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा लुंगेली विजयी

मंसिर १८, २०८१ |केदार शिवाकोटी
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा लुंगेली विजयी

दोलखा । गौरीशंकर गाउँपालिको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेकी उम्मेदवार उमा लुंगेली मगर शेर्पा विजयी हुनु भएको छ । उहाँ दुई हजार आठ सय पाँच मत सहित विजयी हुनु भएको हो ।

उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पाले दुई हजार ६ सय मत प्राप्त गर्नु भयो । विजयी उम्मेदवार उमाले निकटतम प्रतिद्वन्द्वी नेमलेकीलाई २०५ मतान्तरले पराजित गर्नु भएको हो ।

गौरीशंकर गाउँपालिका तत्कालीन उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त पदमा उम्मेदवारी दिनु भएकी उहाँकी धर्मपत्नी नेपाली कांग्रेसकी पासदिकी शेर्पाले एक हजार सात सय २७ मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भयो ।

रास्वपाकी गोमा श्रेष्ठले एक सय तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मानकुमारी श्रेष्ठले एक सय १८ र एकीकृत समाजवादीकी रविना खड्काले ९० मत ल्याउनु भएको छ ।

निर्वाचनमा सात हजार पाँच सय ९० मत खसेको थियो ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।