सामाजिक अध्ययन पाठ्यक्रम परिमार्जनकाे तयारी

वैशाख ५, २०८३ |नारायण किलम्बू
सामाजिक अध्ययन पाठ्यक्रम परिमार्जनकाे तयारी

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले असल र नैतिक नागरिक उत्पादन हुने विषयवस्तु समेटेर सामाजिक अध्ययन विषयको पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जनको चरणमा रहेको जनाएको छ ।

केन्द्रले सामाजिक अध्ययन विषयमा मानव मूल्य र नैतिक पक्षलाई जोड दिँदै आएको र समय सापेक्ष परिमार्जन परीक्षणको क्रममा रहेको समेत जनाएको छ । विज्ञ र सरोकारवालाहरूबाट आएका सल्लाह सुझावलाई आत्मसात गर्दै पाठ्यपुस्तकमा नैतिक चरित्रवान् नागरिक बनाउने विषय परिमार्जन गर्न तयार रहेको केन्द्रको भनाइ छ ।

सामाजिक अध्ययन विषयको परिमार्जित पाठ्यक्रम २०८४ बाट कार्यान्वयनमा जाने केन्द्रको भनाइ छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।