सामाजिक अध्ययनमा साइबर सुरक्षालगायतका विषयवस्तु पनि थप्न सुझाव

वैशाख ५, २०८३ |नारायण किलम्बू
सामाजिक अध्ययनमा साइबर सुरक्षालगायतका विषयवस्तु पनि थप्न सुझाव

काठमाडौं । सामाजिक अध्ययन विषयमा धेरै विषयवस्तु समावेश हुँदा विद्यार्थीलाई बोझ भएको भन्दै यसलाई घटाउन र अरू सान्दर्भिक विषय राख्न शिक्षकहरूले सुझाव दिएका छन् । 

सामाजिक अध्ययन गराउने शिक्षकहरूले साइबर सुरक्षा, डिजिटल साक्षरतालगायत विषय समावेश गर्न सुझाव दिएका छन् । सामुदायिक र निजी विद्यालयका शिक्षकहरुले सामाजिक विषयको पाठ्यपुस्तकलाई समयसापेक्ष सुधार गरी नयाँ विषयवस्तु समेट्न जोड दिएका छन् । 

सामाजिक सुरक्षाका साथै वातावरणीय र सूचना प्रविधिजस्ता विषय समावेश गर्नुपर्ने उनीहरुले औंल्याएका छन् । शिक्षकहरुले बदलिदो परिस्थितिमा विद्यार्थीहरुलाई अर्थोपाजनमा सघाउने र एआईजस्ता सूचना प्रविधि क्षेत्रका विषयबस्तु समावेश गर्न पनि जोड दिएका छन् । 

पुस्तकमा अधिकारका कुरा उठाइए पनि कर्तव्यका विषयबस्तु नसमेटिएकाले व्यावहारिक कुराहरु समेत समेट्नुपर्ने शिक्षकहरुको भनाइ छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।