‘संघीय शिक्षा ऐन नआउँदासम्म कर्णालीको शैक्षिण गुणस्तर सुधार्न नसकिएको निष्कर्ष’

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘संघीय शिक्षा ऐन नआउँदासम्म कर्णालीको शैक्षिण गुणस्तर सुधार्न नसकिएको निष्कर्ष’

कर्णाली । कर्णालीका शैक्षिक अगुवा र सरोकारवाला व्यक्तिहरूले संघीय शिक्षा ऐन नआउँदासम्म कर्णालीको शैक्षिण गुणस्तर सुधार्न नसकिएको निष्कर्ष निकालेका छन् ।

सुर्खेतमा जारी कर्णाली उत्सवअन्तर्गत शिक्षाको उकाली ओराली सत्रका व्यक्ताहरूले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था, शिक्षा क्षेत्रमा बढ्दो राजनीतिको अन्त्य र तीनवटै सरकारबीचमा समन्वय हुनुपर्नेमा जोड दिएका हुन् ।

कर्णाली प्रदेशभर ६१ वटा क्याम्पस, २ सयबढी उच्च शिक्षा अध्यापन हुने विद्यालय छन् । जहाँबाट वार्षिक ३१ हजार बढी विद्यार्थीहरू उत्पादन हुँदै आएका छन् । अन्य प्रदेशको तुलनामा कर्णालीको शैक्षिक गुणस्तर निकै कमजोर छ । विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन् भने डिग्री हाासिल गरेका विद्यार्थीहरू ठूलो संख्यामा बेरोजगार छन् । 

यही समस्याको हल गर्ने उद्देश्यले हाल कर्णाली प्रदेश सरकारले कर्णालीको समग्री शैक्षिक अवस्था सुधारका लागि दश वर्षे शैक्षिक गुरूयोजना तयार गरिरहेको छ । कर्णाली उत्सवमा आइतबार कनेक्टिभिटीदेखि उद्यमको उडानसम्मका सत्रमा छलफल भएको थियो । 

जसमा विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाहरूले आफ्ना धारणा राखेका थिए । उत्सवको सातौँ संस्करण सोमबार समापन हुने आयोजकले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.