.png&w=1000&height=550)
काठमाडौं । जुम्ला जिल्लामा माध्यामिक शिक्षा परीक्षा एसईईमा एकपछि अर्को अमार्यादित गतिविधि हुन थालेका छन् ।
रत्नचुडेश्वर मावि केन्द्रमा सोमबारको विज्ञान विषयको परीक्षामा पनि अर्मयादित गतिविधि भएपछि जिल्ला परीक्षा समन्वय समितिले छानबिन अघि बढाएको छ । परीक्षा हलबाट विज्ञान विषयका प्रश्नपत्र लेखेर बाह्य शिक्षक कालिबहादुर भण्डारीलाई पठाइ उत्तरहरु लेखेर एसएमएसमार्फत पठाएको थाहा पाएपछि परीक्षा समन्वय समितिले छानबिन सुरू गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
परीक्षा हलमा कसरी मोबाइल प्रयोग भयो र कसबाट अमार्यादित गतिविधि भएको हो सो छानबिनका लागि शिक्षक भण्डारीलाई सोछपुछका लागि मंगलबार बोलाइएको र दोषी भए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कायालयले पनि परीक्षामा अमर्यादित गतिविध भए त्यस्ता कायमा संग्लनलाई कारबाही गरिने उपनियन्त्रक विष्णु ज्ञवालीले बताउनुभयो ।
यसअघि जुल्लाको दुर्गा माध्यामिक विद्यालय लाम्राको परीक्षा केन्द्रमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा अर्मायदित गतिविधि भएपछि केन्द्राध्यक्ष र निरीक्षकलाई जिम्मेवारीबाट हटाएर कारबाही गरिसकेको छ ।