काठमाडौं उपत्यकामा वैशाख ११ देखि भर्ना, १५ देखि पठनपाठन सञ्चालन आग्रह

वैशाख ९, २०८३ |नारायण किलम्बू
काठमाडौं उपत्यकामा वैशाख ११ देखि भर्ना, १५ देखि पठनपाठन सञ्चालन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान सुरू गर्न १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न गराउन आग्रह उपत्यका भित्रका सबै पालिकालाई अनुरोध गरेको छ ।

मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशअनुसार विद्यार्थीको सिकाइ उपलब्धिमा असर नपर्ने गरी शैक्षिक सत्र सञ्चालनको भावना अनुरुप पठनपाठन सुचारू गर्न आग्रह गरेको हो । 

विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै पठनपाठन अवरूद्व हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य वैकल्पिक उपायको समेत तयारी गर्न विद्यालयहरुलाई आग्रह गरेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । संघीय सरकारले भने नयाँ शैक्षिक सत्रको भर्ना अभियान वैशाख १५ गतेबाट र २१ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।