हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ

चैत्र २०, २०८२ |बालकृष्ण अधिकारी
हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडामा एसईई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

शुक्रबार बिहान हेटौंडा १० स्थित सोलिड्यारेटी मावि परिक्षा केन्द्रमा अर्काको नामको प्रव्रेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिने एक जना नक्कली परिक्षार्थी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउॅंपालिका वडानम्बर ४ घर भई हाल हेटौंडा ४ स्थित हेटौंडा स्कुल अफ मेनेजमेन्ट क्याम्पसमा कक्षा ११ मा अध्यनरत १८ वर्षीय विराज विक रहेको मकवानपुर प्रहरी प्रमुख एसपी श्याम बहादुर खत्रीले बताउनुभयो । 

पक्राउ परेका विकमाथि थप अनुसन्धान गर्दा निजले हेटौंडा-१२ पदमपोखरी बस्ने किशोर श्रेष्ठको छोरा अन्दाजी १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेश पत्र लिई परिक्षा दिन आएको स्वीकार गरेको एसपी खत्रीले बताउनुभयो । विकसॅंगै श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका दुवै जना मकवानपुर प्रहरीको हिरासतमा रहेका छन्।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।