
जुम्ला । जुम्लामा यो पटक समयमै पाठ्यपुस्तकहरू पुगेको छ ।
जिल्लाका जीपी, सन्ध्या स्टेशनरीले विद्यालयका लागि पाठ्यपुस्तक ल्याइपुर्याएका हुन् । जीपी स्टेशनरीका सञ्चालक गणेशबहादुर रोकायाले समयमै पाठ्यपुस्तक आए पनि विद्यालयले ढिलो लिने गरेको बताउनुभयाे ।
अहिले पाठयपुस्तक लिन सामाजिक सञ्जालमा ग्रुप बनाएर लिन आउन आग्रह गरिएको उहाँले बताउनुभयाे । सदरमुकाम खलंगा र सिंजा क्षेत्रमा पाठ्यपुस्तक स्टेशनरीहरूले नै ढुवानी गरेर पाठ्यपुस्तक लिने गरेका छन् । पहिले कर्णालीलगायतका हिमाली जिल्लाहरूमा फागुन १ गतेदेखि नै शैक्षिक सत्र सुरू हुने भएकोले पाठयपुस्तक नपुग्ने गरेकोमा अहिले वैशाख १ गतेदेखि नै शैक्षिकसत्र सुरु हुने भएकोले समयमै पाठ्यपुस्तक पुग्ने गरेका छन् ।