सिन्धुपाल्चोकमा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण

चैत्र ८, २०८२ |कमला पाख्रिन
सिन्धुपाल्चोकमा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण

सिन्धुपाल्चोक । जिल्लाको सानोसिरूवारीस्थित श्री सिद्धीगणेश माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ।

नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा करिब एक करोड रूपैयाँ लागतमा निर्माण गरिएको सेमिनार हलसहित ६ कोठे सुविधा सम्पन्न भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । भवनसँगै आवश्यक फर्निचर समेत उपलब्ध गराइएको छ ।

विद्यार्थीहरूको दिवाखाजाका लागि भान्साघर, सेमिनार हल, पार्किङ क्षेत्र तथा शौचालयसहितको आधुनिक संरचना निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक राजुकुमार यादवले जानकारी दिनुभयाे । नयाँ भवन निर्माण भएसँगै विद्यार्थीहरूको पठनपाठनमा उल्लेखनीय सुधार आउने विद्यालयले अपेक्षा गरिएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।