
काठमाडौं । थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी-एआईटीसँग मिलेर काठमाडौंको एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले इन्जिनियरिङसम्बन्धी नयाँ अनुसन्धानमुलक कार्यक्रम सुरू गर्ने भएको छ ।
नेपालमा इन्जिनियरिङ क्षेत्रमा नयाँशोध अभिनवता र अन्तराष्ट्रिय शैक्षिक पहुँच सुनिश्चित गर्ने उदेश्यले एआईटी र एड्भान्स कलेजबीच सम्झौता भएको हाे । दुई शैक्षिक संस्था मिलेर नेपालको इन्जनियरिङ शिक्षामा, उत्कृष्टता, अनुसन्धान, नवप्रवर्तनका कामहरू गर्ने उल्लेख छ ।
सम्झौतापछि इन्जिनियरिङका स्नातक र स्नातकोत्तर तहका कार्यक्रम विकास, विस्तार, शिक्षक तथा कर्माचारीको क्षमता अभिवृद्धिमा समेट टेवा पुग्ने कलेजका अध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो ।